Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

बीबीसी । अमेरिकामा विद्यार्थीहरूको एउटा समूहले हार्वर्ड विश्वविद्यायले भर्ना नीतिमा विभेद गरेको भन्दै विद्यालयविरुद्ध मुद्दा हालेको छ। एसियाली मूलका अमेरिकी विद्यार्थीले भर्ना गर्दा उक्त विश्वविद्यालयले आफूहरूप्रति भेदभाव गरेको आरोप लगाएका छन्।

‘स्टुडेन्ट फर फेयर एडमिसन’ नामक समूहले प्रतिष्ठित विश्वविद्यालयले भर्ना गर्दा बढी योग्य एसियाली विद्यार्थीहरूलाई भन्दा श्वेत, अश्वेत र ‘हिस्प्यानिक’हरूलाई बढी प्राथमिकता दिएको आरोप लगाएको हो।

आरोप अस्वीकार

विद्यार्थीहरूको उक्त समूहले हार्वर्ड आफैँले सन् २०१३ मा गरेको अनुसन्धानको निष्कर्ष पनि त्यस्तै रहेको बताएको छ। तर त्यस्तो निष्कर्षसहितको प्रतिवेदनलाई उनीहरूले लुकाएको बताएको छ।

विश्वविद्यालयले भने उक्त आरोपलाई अस्वीकार गरेको छ। बितेको दशकमा एसियाली-अमेरिकीहरूको भर्ना हुने संख्या ३० प्रतिशतले बढेको विश्वविद्यालयले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed