![]()
काठमाडौ,असार ।
मुल्यबृद्धिको विरोधमा सडक आन्दोलनमा अत्रिएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल बिद्यार्थी संघ (नेबिसंघ) ले आन्दोलनलाई थप सशक्त र आक्रामक बनाउँदै लगेको छ । बारम्बार सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकारले मूल्यबृद्धि खारेज नगरेपछि नेविसंघले बिहिबार प्रधानमन्त्री केपीशर्मा ओलीको पुतला जलाएको छ । मूल्यबृद्धिको विरोधमा नेविसंघले बिहिबार पनि देशैभरी प्रधानमन्त्रीको पुतला दहन गरेको हो । 
मूल्यबृद्धि फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने, औपचारिक अनौपचारिक चरणका वार्ता गर्ने, अन्तक्रिया गर्ने, सडकमा बिरोध गर्ने, सिठी जुलुस गर्ने लगायतका कार्यक्रम गर्दा पनि सरकारले बेवास्ता गरेपनि पूर्वनिर्धारित कार्यक्रम अनुसार नै प्रधानमन्त्रीको पुतला दहन गरिएको संघका उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए । काठमाडौं उपत्यकामा गोंगबु, पुतलीसडक, चाबहिल, जाउलाखेल, भक्तपुरका बिभिन्न क्षेत्रमा प्रधानमन्त्रीको पुतला दहन गरिएको उहाँले जानकारी दिनुभयो ।
केही स्थानमा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच पुतला तथा झण्डा खोसाखोस समेत भएको थियो । भने धेरै जसो स्थानमा प्रहरीसंगको झडपमा नेविसंघको थुप्रै कार्यकर्ता घाइते समेत भएका छन् ।
सरकारले मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने र यसलाई अझ सशक्त र आक्रामक बनाउँदै लैजाने महामन्त्री सरोज थापाले जानकारी दिनुभयो ।


