Breaking News.... EverestOnlineKhabar
July 9, 2026

चुम्लिङटारमा ट्रक र माइक्रोबस ठोक्किदाँ ३ जनाको मृत्यु, ७ जना घाइते

Loading

चितवन,असार ।
जृथ्वी राजमार्ग अन्र्तगत चितवनको चुम्लिङटारमा आज बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ०७ः२५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।
घाइतेहरुको उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको छ । घाइतेमध्ये ट्रकका चालक हेटौंडा उपमहानगरपालिका बासामाडीका सुरेश बलको मात्रै परिचय खुलेको छ । ट्रक त्रिशूली नदी किनारमा पुगेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.