![]()
एजेन्सी ।अमेरिकाले विश्वमा अहिलेसम्मकै सबैभन्दा तिव्र गतिको सुपर कम्प्युटरको निर्माण गरेको छ । समिट नाम दिइएको उक्त सुपरकम्प्युटर अहिले रहेको सुपर कम्प्युटर भन्दा दोब्बर शक्तिशाली रहेको छ । यो सुपर कम्प्युटरले एक सेकेण्डमा २ लाख ट्रिलियन क्याल्कुलेसन गर्न सक्दछ । अर्थात् यो सुपर कम्प्युटर २०० पेटाफ्लोप्स क्षमताको छ ।
अमेरिकाले निर्माण गरेको समिट सुपर कम्प्युटरको प्रयोग अन्तरीक्ष भौतिक विज्ञान, क्यान्सर अनुसन्धान र सिस्टम बायोलोजीमा हुनेछ । अमेरिकाको टेनिसीस्थित ओक रिज नेसनल ल्याबमा यो सुपर कम्प्युटर निर्माण गरिएको हो । आइबिएम र एनविदिया कम्पनीको सहकार्यमा यसको निर्माण भएको बीबीसीले जनाएको छ ।
समिट सुपरकम्प्युटरमा ४ हजार ६०८ कम्प्युट सर्भर हुनुका साथै १० पेटाबाइट मेमोरी रहेको छ । समिट निर्माण अघि अमेरिकासँग भएको सबैभन्दा तिव्र गतिको सुपर कम्प्युटर टिटान हो । यो विश्वको पाँचो तिव्र गतिको सुपर कम्प्युटर हो ।


