Breaking News.... EverestOnlineKhabar
August 17, 2026

इजिप्टका गोलकिपर इसाम यो बिश्वकपका सबैभन्दा पाका र अस्ट्रेलियाका विंगर सबैभन्दा कान्छा खेलाडी

Loading

एजेन्सी । बिहीबारबाट सुरु हुन लागेको बिश्वकप फुटबलका लागि इजिप्टका गोलकिपर इसाम इल हडारी सवैभन्दा पाका खेलाडी हुन्। उनी हाल ४५ वर्ष ६ महिनाका भए। उनले रसियामा मैदान उत्रने मौका पाए उनले बढी उमेरमा विश्वकप खेलेर रेकर्ड बनाउनेछन्। यसअघि विश्वकप खेल्ने पाका खेलाडी कोलम्बियाका गोलकिपर फार्यड मोन्ड्रागोन हुन्। उनी गत संस्करणको विश्वकप खेल्दा ४३ वर्षका थिए।

यस्तै, विश्वकपका सवैभन्दा कान्छा खेलाडी अस्ट्रेलियाका विंगर ड्यानियल अर्जानी हुन्। उनी १९ वर्ष पाँच महिनाका भए। यहि वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका उनले २ क्याप जितेका छन्। उनले २०१६ देखि मेलवर्न सिटीबाट व्यसायिक खेल खेल्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.