![]()
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि माओवाद पतन गराएको आरोप लगाएका छन्। नयाँ शक्तिको स्थापना दिवसमा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै भट्टराईले प्रचण्डलाई विचार विहीन एमालेका पछि लागेको आरोप लगाएका हुन ।
‘पहिले साथीहरुले मलाई माओवाद सक्यो भन्थे अहिले कसले सकेको छ देखिरहनुभएकै होला,’ भट्टराईल भने, ‘अहिले प्रचण्डले सुरिलो बाँसुरी बजाएर कार्यक्रकर्तालाई खोलामा हालेका छन्।’
जनयुद्धमा आफूहरुलाई मार्नका लागि हरदम कोशिश गर्ने एमालेसँग अहिले गएर मिल्नु निकै घातक भएको समेत उनले बताए। साथै उनले अहिलेको सरकार हावादारी भएको बताएका छन्। अहिलेको सरकार का सम्बृद्धिका सपना नयाँ शक्तिका एजेण्डाहरु भएको समेत उनले बताए।
अहिलेको सरकारको चरित्रलाई भट्टराईले बाँदरको उश्रृङखलतासँग तुलना गरे। ‘मान्छेले दाह्री काटेको देखेर बाँदरले चुरा चलाउँदा उसको गाला रातै भएको थियो,’ भट्टराईले भने, ‘अरुको देखासिकी गरेर अहिलेको सरकारले समृद्धि ल्याउन सक्दैन।’


