Breaking News.... EverestOnlineKhabar
August 17, 2026

कलाकार थापाको पशुपति आर्यघाटमा अन्तिम संस्कार, कलाकारको ओइरो

Loading

काठमाडौं । वरिष्ठ कलाकार भीमबहादुर थापाको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ। उनलाई अन्तिम श्रद्धञ्जलि दिन धेरै कलाकर्मी तथा शुभचिन्तकहरूको उपस्थिति थियो।

श्रद्धञ्जलि दिनको लागि चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार नीर शाह, बसुन्धरा भुसाल, चैत्यदेवी, सीताराम कट्टेल, सरिता लामिछानेलगायत आर्यघाटसम्म पुगेका थिए।

दर्जनौं फिल्म, टेलिफिल्म सँगै रेडियो नाटकमा अभिनय गरेका थापाको मंगलबार राति २ बजे निजी निवास मैतीदेवीमा निधन भएको थियो। कलाकार थापाका एक छोरा र दुई छोरी छन्।

छोरा अमेरिकामा भएका कारण छोरीले उनलाई दागबत्ती दिएकी थिइन्। कलाकार तथा निर्देशक दीपाश्री निरौला पनि उनको धर्म छोरी हुन्। दीपाश्री पनि छक्का पञ्जा ३ को सुटिङ छोडेर पोखराबाट काठमाडौं आएकी छिन्। धर्म बुबाको मृत्युमा उनी निकै भावविह्वल देखिन्थिन्।

भीमबहादुर आर्मीका सेनानी हुन्। उनको अन्तिम श्रद्धञ्जलिमा सेनाले उनलाई सम्मानसहित सलामी पनि दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.