Breaking News.... EverestOnlineKhabar
August 20, 2026

नारायणगढ–मुग्लिङ सडकमा ७ ठाउँमा पहिरो, सवारी आवागमनमा कठिनाई

Loading

चितवन,जेठ ।
सोमबार साँझ परेको वर्षापछि नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका ७ भन्दा बढी ठाउँमा पहिरो खसेको छ।
राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो। पुनः बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.