Breaking News.... EverestOnlineKhabar
August 19, 2026

Loading

काठमाडौ,जेठ ।
नेपाली कांग्रेसमा सभापति देउवाको विपक्षमा रहेका कांग्रेसका नेताहरु सोमबार एउटै मञ्चमा देखिए । नेपाल विद्यार्थी संघ काठमाडौंको ब्यानरमा भएको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, युवा नेताहरु गगन थापा र प्रदीप पौडेल पनि मञ्चमा देखिए ।कार्यक्रममा १३ औं महाधिवेशनअघिको तत्कालीन संस्थापन समूहका अधिकांश नेता सहभागी थिए । तर, पौडेल समूहबाटै चुनाव जितेका महामन्त्री शशांक कोइराला भने अनुपस्थित रहे । शेखर कोइराला पनि कार्यक्रममा देखिएनन् ।
जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा भएको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ । चुनावी समीक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकदेखि नै कांग्रेसमा ध्रुवीकरणको सुरुवात भएको थियो । पदाधिकारी मनोनयनले त्यसलाई थप मलजल गर्‍यो । अहिले भ्रातृ तथा शुभेच्छुक संगठनहरुमा देउवाइतरको समूह एक हुने र नेतृत्वको उम्मेदवारलाई हराउने प्रयास चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.