Breaking News.... EverestOnlineKhabar
October 3, 2026

ओली सरकारले ३ महिनामै बाँड्यो राज्यकोषको रु.एक करोड बढी रकम…

Loading

काठमाडौ,जेठ ।
शुसासन र आर्थिक पारदर्शिताको रटान दिन नथाक्ने केपी ओली नेतृत्वको वर्तमान सरकारले उपचार खर्च र आर्थिक सहायताको नाममा तीन महिनामा १ करोड बढी रकम बाँडेको छ । प्रधानमन्त्रीमा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत १ करोड बढी आर्थिक सहयोग बाँडिएको हो ।
कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका, विभिन्न आन्दोलनमा घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिएपनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको छ । तर,आर्थिक सहयोग बाँडिएको मन्त्रीपरिषद्को निर्णयलाई भने गुपचुप राख्ने गरिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed