Breaking News.... EverestOnlineKhabar
August 16, 2026

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ताको निर्णयमा किन हस्ताक्षर गरिनन् आयुक्त इला शर्माले….?

Loading

काठमाडौ,जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निर्वाचन आयोगमा दर्ता भएको भनिएपनि दल दर्ता गर्ने निर्णयमा आयुक्त इला शर्माले भने हस्ताक्षर गरेकी छैनन्। आयोगको बैठकमा केहीबेर सहभागी भए पनि उनी निर्णय हुनु अघि नै बाहिरिएकी थिइन्।
राजनीतिक दल सम्बन्धि ऐनको दफा १५ को उपदफा ४ मा राजनीतिक दलको सबै तहको समितिमा एक तिहाई महिला सहभागिता रहनुपर्ने व्यवस्था छ। आयुक्त शर्माले एक तिहाई महिलाको पक्षमा धारणा राख्दै आएकी थिइन्।
तर हरेक निर्णय सर्वसम्मतबाट गर्नुपर्ने निर्वाचन आयोग सम्बन्धि ऐनको व्यवस्थाका कारण उनले फरक मत दर्ज नगरेको स्रोतले बतायो। प्रमुख आयुक्त अयोधिप्रसाद यादवले भनेः‘सर्वसम्मत निर्णय हो,उहाँको सहमति छ। कुनै विशेष कामले उहाँ बाहिर निस्कनुभयो। कसैको विमती छैन। फर्कन ढिला भयो होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.