Breaking News.... EverestOnlineKhabar
September 3, 2026

Loading

काठमाडौं । मुस्लिम विद्यार्थी संघले मुस्लिम समुदायको पर्व इद र बकर इदमा सार्वजनिक विदाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । मुस्लिम संघले विज्ञप्ती जारी गरेर इदुल्फित्र (इद) र इदुल्अिज्हा (बकर इद) मा सार्वजनिक विदा दिन माग गरेको हो ।
संविधानले मुलुक भित्र रहेका हरेक अल्पसंख्यक धार्मिक, सांस्कृतिक समुदायहरुको भावनालाई सरकारले आफ्नो नीति तथा कार्यक्रम र व्यवहारमा देखाउनु पर्ने माग गर्दै मुस्लिम विद्यार्थी संघले सार्वजनिक विदा घोषणा नगरिए संघर्षमा उत्रिन बाध्य हुनेपनि चेतावनी दिइएको छ ।

संघका अध्यक्ष रहिम मियाद्वारा जारी विज्ञप्तीमा मुलुकभरी छरिएर रहेका १० प्रतिशत मुस्लिम समुदायले लामो अस्थिरता र संघर्ष पछि प्राप्त संघिय लोकतान्त्रिक गणतान्त्रिक संविधानको जगमा बनेको पहिलो स्थिर सरकारका काम कारवाहीहरु नजिकबाट नियालिरहेका उल्लेख छ । गणतन्त्र प्राप्तिका लागि मुस्लिम समुदायले देशलाई दिएको ‘कुर्वानी’ (योगदान) लाइ राज्यले लत्याएर मुस्लिम समुदायलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको भन्दै मुस्लिम विद्यार्थी संघले आपत्ति समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.