Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनय गरिरहेको अमेरिकी सो ‘क्वान्टिको ३’को अन्तिम भाग प्रियंकाकै लागि समस्या बनेको छ । सोमा देखाइएको एक दृश्यका कारण प्रियंका ट्रोलको शिकार बनेकी छन्।

प्रियंकाको यो सोको तेस्रो सिजनको टिआरपी रेटिङ पनि सोचेअनुरुप माथि जान सकेको छैन । अन्तिम भागको एक दृश्यमा भारतीयलाई मार्ने योजना बनाइरहेको देखाइएको छ । दृश्यमा बममार्फत उक्त व्यक्तिलाई मार्ने अनि सबै दोष पाकिस्तानलाई दिने योजना बनाइएको छ ।प्रियंकाका प्रशंसक र सोका दर्शकले यो कुरा मन नपराएपछि सामाजिक सञ्जालमा प्रियंकाविरुद्ध आक्रोश बढेको हो ।

केहीले सोप्रति आक्रोश पनि व्यक्त गरेको छन् । ‘यो तल्लो स्तरको एपिसोडलाई मैले सम्झन सकेकै छैन । उनीहरू हामीलाई के देखाउन चाहन्छन्,’ एक दर्शकले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रियंकाले यो सोको तीन सिजनमा काम गरिसकेकी छन् । उनको एलेक्स पेरिसको भूमिकालाई दर्शकले पनि निकै रुचाएका थिए । केही दिन यता स्वदेशी तथा विदेशी मिडियामा प्रियंकाको प्रेम सम्बन्धलाई लिएर चर्चा परिचर्चा पनि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.