Breaking News.... EverestOnlineKhabar
September 3, 2026

यूएनडीपीको खर्चमा सांसदहरुलाई तालिम, सांसदहरुले भत्ता पनि पाउने

Loading

काठमाडौं । नेताहरुले राष्ट्र, राष्ट्रियता, देशभक्ति र स्वाभिमानका ठूलाठूला कुरा गर्ने गरेपनि लाभ र स्वार्थसामु ती सबै बिषय गौण हुन्छन भन्ने फेरि एकपटक पुष्टि भएको छ । संसद सचिवालयले अन्तर्रा्ष्ट्रिय दाताको सहयोगमा सांसदहरुलाई दिन थालेको तालिम उनीहरुले सहजरुपमा स्वीकार गरेपछि यो पटाक्षेप भएको हो ।

संसद भवन नयाँ बानेश्वरमा बुधवारबाट सुरु भएको दुई दिने तालिमको प्रायोजक राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) रहेको छ । युएनडिपीको लगानीमा संसद सचिवालयले तालिम आयोजना गरेको हो ।

तालिममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु सहभागी छन् । उनीहरुलाई संसदीय प्रक्रियासम्बन्धी तालिम दिइदै छ । केही सांसदहरुले युएनडिपीको लगानीमा तालिम राखिएको भन्दै बिरोध जनाएपनि त्यो अर्थहीन भयो ।

पहिलो दिन संविधान निर्माण, संघीय संसद र संसदीय अभ्यास, संसद सचिवालयको गठन र उद्देश्य, सचिवालयको सांगठनिक रुपरेखा तथा बिभिन्न महाशाखा र शाखाहरुको काम, संसदमा विधेयक दर्ता हुनु अगाडिको कानुनी मस्यौदा प्रक्रिया, संसदमा विधेयक प्रस्तुत हुने प्रक्रिया, कानुन तर्जुमाको सैद्धान्तिक पक्ष, विधेयकको ढाँचा र अन्तरवस्तुबारे सांसदहरुलाई तालिम दिइएको छ ।

बिहीबार दोस्रो दिनको तालिम भने बजेट निर्माण र वित्तिय अनुगमनमा सांसदहरुको भूमिका एवम् संसद र नागरिकको सम्बन्धबारे केन्द्रित हुने छ ।

सांसदहरुलाई पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमन्त्री रमेश लेखक, पूर्वगर्भनर एवम् योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, तत्कालीन संविधानसभाका सदस्य एवम् प्राध्यापक लालबाबु प्रसाद यादव लगायतले तालिम दिइरहेका छन ।

सांसदहरुलाई दिइने तालिम शीर्षकको बजेट फ्रिज गराएर यूएनडीपीको लगानीमा तालिम आयोजना गरिएपछि कतिपय सांसदहरुले विरोधसमेत गरेका छन् । तालिम सन्चालन गर्न लाग्ने खर्च यूएनडीपीले बेहोर्ने सहमति यसअघि नै संसद सचिवालयसँग भएको थियो । संसद सचिवालयका अनुसार झोला, कापी, कलमलगायतका लजिस्टिक सामानको खर्च यूएनडीपीले बेहोर्ने छ । साथै तालिम दिने र तालिम लिनेहरुलाई भत्ता पनि उपलब्ध गराइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.