Breaking News.... EverestOnlineKhabar
September 3, 2026

पूर्व विश्व नम्बर एक जोकोभिक फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरिए

Loading

एजेन्सी । पूर्व विश्व नम्बर एक नोभाक जोकोभिक फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरिएका छन् । क्वाटरफाइनलमा इटालीका मार्को सेचिनाटासँग पराजित हुँदै जोकोभिक फ्रेन्च ओपनबाट बाहिरिएका हुन् ।

पेरिसस्थित रोलान्ड गार्रोसमा भएको क्वाटरफाइनलमा जोकोभिकले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै मार्को सेचिनाटासँग पराजित हुन पुगे । सेचिनाटाले जोकोभिकमाथि ६–३, ७–६(७–४), १–६ र ७–६ (१३–११) को कठिन जित निकालेको हो । जोकोभिकले तेस्रो सेटमा जित हात पारेपनि अन्य सेटमा सेचिनाटालाई कडा टक्कर दिएका थिए ।

२५ वर्षीय सेचिनाटोले अब फाइनल प्रवेशका लागि डोमिनिक थिइमसँग प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.