Breaking News.... EverestOnlineKhabar
September 3, 2026

मैत्रीपूर्ण खेलमा रुस र टर्कीले १–१ गोलको बराबरी खेले

Loading

एजेन्सी,जेठ ।
विश्वकपको तयारीमा रहेको आयोजक रुस मैत्रीपूर्ण खेलमा टर्कीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । घरेलु टिम रुसले आफ्नो सुरुवाती अग्रता जोगाउन नसक्दा टर्कीसँग बराबरीमा रोकिएको हो । मंगलबार राति भएको खेलमा रुसले खेलको ३५औं मिनेटमा एलेक्जेन्डर समेडोभको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको रुसले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायम गर्न सकेन ।
खेलको ५९औं मिनेटमा युनुस माल्लीले गोल गर्दै टर्कीलाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।
२०१८ को विश्वकप फुटबल रुसका विभिन्न १२ वटा रंगशालामा सञ्चालन हुँदैछ । ३२ राष्ट्रले सहभागिता जनाएको फुटबलको मुम्भ मेलामा यतिबेला सबैको नजर परेको छ । विश्वकप यही जुन १४ तारिखदेखि जुलाई १५ तारिखसम्म हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.