![]()
काठमाडौ,जेठ ।
सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडी नचलाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसंगै अब बीपी राजमार्गमा ठुला गाडी चलाउन नपाईने भएको छ । सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई ओदश दिएको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले १३ गते यहाँ ठूला गाडी चलाउने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले हालै एक सूचना प्रकाशन गरी वीपी राजमार्गमा चक्काका आधार ४ हजार २ सय एमएम भएको र ३२ सिट क्षमताको सबारी साधानलाई बिहान ५ बजेदेखि राती ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो ।
यस्तै, राती ९ बजेदेखि बिहान ५ बजेसम्म प्रति एक्सल भार १० दशमलव २ टन नबढ्ने गरी मालबाहक सवारी साधन सञ्चालन गर्न पाउने उल्लेख गरेको छ । यसअघि सो राजमार्गमा १६ सिट क्षमताका सवारी साधन मात्र सञ्चालन हुने गरेको थियो ।
खासगरी यात्रुवाहक साना सवारी टाटा सुमो र हायस गुड्ने गर्छ भने साना मालबाहक सवारी साधन पनि गुड्ने गरेको थियो । सरकारले ठूला सवारी साधन गुडाउन दिने भएपछि सडकमा त्यसको नकारात्मक असर पर्नेबारे बहस शूरु भएको थियो ।
वीपी राजमार्गमा सडकको चौडाई ५ मिटर मात्र छ । साथै धेरै घुम्तिहरु पनि छन् ।
वीपी राजमार्गमा पनि सडकको गुणस्तर, मापदण्ड उपयुक्त भएपनि सडकको चौडाईका आधारमा ठूला सवारी साधान सञ्चालन गर्नु जोखिमपूर्ण हुने इन्जिनियरहरुको ठहर छ ।


