Breaking News.... EverestOnlineKhabar
August 17, 2026

प्रधानमन्त्रीद्वारा मन्त्रीहरुलाई निर्देशनः‘अब साँच्चै देश विकास गर्ने गरी काम गर्नुस्’

Loading

काठमाडौ,जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मन्त्रालय र विभागहरुलाई तथ्यसहित बृहत् योजना बनाउन निर्देशन दिएका छन्। राष्ट्रिय विकास समस्या समाधान समितिको ४२औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको आवश्यकतालाई बुझेर तथ्यसहित विस्तृत कार्ययोजना पेश गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले राष्ट्रिय महत्वका र बहुसंख्यक जनता लाभान्वित हुने योजना बनाउन, त्यसलाई कार्यन्वयन गर्ने कार्ययोजना र सम्पन्न हुने समयसीमा समेत तोकेर राष्ट्रिय योजना आयोगमा पेश गर्न सबै मन्त्रीलाई निर्देशन दिए। उनले भनेः‘कृषिलाई आधुनिकीकरण गर्न के–के आवश्यक छ ? के–कति लगानी आवश्यक छ ? कृषिमा आश्रित जनसंख्या कति छ ?उत्पादन र उत्पादकत्व बढाउन के गर्नुपर्छ ? यी सबै कुरा तथ्यसहित पेश गर्नुस् ।’
प्रधानमन्त्री ओलीले विगतको सरकारले बन्द गरेका उद्योग वर्तमान सरकारले सञ्चालन गर्ने पनि बताए। उनले भनेः‘कति वटा उद्योग छन् ? तीमध्ये कति बन्द छन् ? कतिलाई तत्काल सञ्चालन गर्न सकिन्छ ? यी सब योजना बनाएर कार्यान्वयन थाल्नुपर्छ ।’
अब कामलाई विगतको निरन्तरताको रुपमा नभई हरेक कामलाई नयाँ ढंगले र बृहत् सोचका साथ बढाउनुपर्नेमा उनले जोड दिए। प्रधानमन्त्री ओलीले सानातिना योजना मन्त्रालय तहबाटै टुंग्याउन र ठूला योजनाहरु योजना आयोग र राष्ट्रिय विकास समस्या समाधान समितिमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.