![]()
बीबीसी । ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको छ । फुएगो ज्वालामुखी बिस्फोट हुँदा झण्डै ३०० जना भन्दा बढि घाइते भएका छन ।
राजधानी ग्वाटेमाला सिटीबाट झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट कालो धुवाँ र खरानी उडेको छ । ज्वालामुखी बिस्फोट हुन थालेपछि वरपरका ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
ज्वालामुखी बिस्फोटबाट उडेको खरानी टाढासम्म पुगेको छ । यस्तै राजधानीमा रहेको ला अउरोरा विमानस्थल बन्द भएको छ । राष्ट्रपति जेमी मोलालेसले राष्ट्रिय आपलकालीन उद्धार तथा राहतको काम भइरहेको बताएका छन् ।
ज्वालामुखीबाट लाभा निस्किएको र त्यो बस्ती तिर आएको राष्ट्रिय विपद व्यवस्थापन कार्यालयका सर्गिओ काबानासले स्थानीय रेडियो स्टेसनलाई बताएका छन् ।
ज्वालामुखी बिस्फोटका कारण झण्डै १० लाख मानिस प्रभावित भएका छन् ।


