Breaking News.... EverestOnlineKhabar
October 3, 2026

संसदमा न्युनतम सुविधासमेत नभएको भन्दै पम्फा भुसालको आक्रोश

Loading

काठमाडौँ । नेपाल कम्युनष्टि पार्टीकी सांसद पम्फा भुसालले संसद बैठक  तत्काल व्यवस्थित बनाउन माग गरेकी छिन् ।  संसद बैठकमा विशेष समयमा भुसालले  संसदमा न्युनतम सुविधासमेत नभएको भन्दै आक्रोश पोखेकी हुन् ।

उनले संसद बैठकमा प्रयोग गरिएका कुर्सी, टेलुल र माइक गुणस्तरी नभएको बताइन् । उनले भनिन्, ‘६ सय सभासदबाट दुई सय ७५ सांसद हुँदा पनि बैठक कक्षको गुणस्तर किन बढेन ? न बस्ने गतिले कुर्सी छ, न ताली पिट्ने टेबुल ? माइकको गुणस्तर पनि उस्तै छ । यसलाई तत्काल सुधारियोस् ।’

यस्तै भुसालले यातायात व्यवसायीले अझै पनि लुकीचोरी सिण्डिकेट काम गरेको बताइन् । प्रहरीको आँखा छलेर क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाही गर्न माग गरिन् ।

उनले ७७ वटै जिल्लाबाट लाइसेन्स वितरण गर्ने व्यवस्था गर्न सरकारको ध्यानकार्षण गराइन् । फर्म भरेको महिनौंसम्म पनि लाइसेन्स नपाउँदा आम नागरिक मर्कामा परेको उनले बताइन् । घुम्ती सेवा सञ्चालन गरेर भने पनि सबै जिल्लाबाट लाइसेन्स वितरण गर्न भुसालले माग गरिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed