Breaking News.... EverestOnlineKhabar
August 17, 2026

इजरायली सुरक्षाकर्मीको गोलीबाट मारिएकी प्यालेस्टिनी नर्सको शव यात्रामा हजारौं सहभागी

Loading

बीबीसी ।  इजरायली सुरक्षाकर्मीले चलाएको गोली लागेर मारिएकी प्यालेस्टिनी नर्सको शव यात्रामा हजारौं सहभागी भएका छन् । गत शुक्रबार गाजामा भएको प्रदर्शनमा ती युवती मारिइएकी थिइन् ।

गाजा र इजरायलको सीमामा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार गर्न जाने क्रममा २१ वर्षीया रजानलाई गोली लागेको थियो ।

जेनेभा सन्धीअनुसार घाइतेको उपचारमा संलग्न स्वास्थ्यकर्मीको हत्या गरिनु युद्ध अपराध भन्दै संयुक्त राष्ट्रसंघलगायत विश्वका थुप्रै राष्ट्रले खेद प्रकट गरेका छन् ।

यसैबीच इजरायली सेनाले गाजा क्षेत्रमा हमासको १० वटा अखडामा हवाई हमला गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.