Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

बीबीसी ।सामाजिक सञ्जाल फेसबुक र अमेरिकी किशोरकिशोरीबीच पछिल्लो समय दूरी बढ्दै गएको देखिएको छ। उनीहरूमाझ अरू माध्यमहरू लोकप्रिय हुँदै गएका छन्।

द प्यू रिसर्च सेन्टरका अनुसार १३ देखि १७ वर्षका अमेरिकी किशोरकिशोरीमध्ये ५१ प्रतिशतले मात्रै फेसबुक प्रयोग गरिरहेको पाइएको छ। यो सन् २०१५ को तुलनामा २० प्रतिशतले कम हो।

युट्युब

अमेरिकी किशोरकिशोरीमाझ सबैभन्दा बढी लोकप्रिय युट्युब रहेको पाइएको छ, जसको प्रयोग ८५ प्रतिशत किशोरले गर्छन्। द प्यू रिसर्च सेन्टरको सर्वेक्षण अनुसार ७२ प्रतिशत किशोरकिशोरीले इन्स्टाग्राम र ६९ प्रतिशतले स्न्यापच्याट प्रयोग गर्ने गरेका छन्। 

कुनैबेला सबैभन्दा बढी प्रयोग गरिने ट्विटर अहिले ३२ प्रतिशत किशोरकिशोरीले मात्रै प्रयोग गरिरहेका छन्। सर्वेक्षणमा सहभागी १० प्रतिशतले मात्रै अरू सामाजिक सञ्जालभन्दा फेसबुक प्रयोग गर्ने गरेको बताएका थिए।

फेसबुकका साथै इन्स्टाग्रामका पनि मालिक भएकाले क्यालिफोर्नियास्थित मार्क जकरबर्गको कम्पनीले अहिलेसम्म राम्रो व्यापार गरिरहेको बतान्छ। तर युट्युब र ट्विटर सञ्चालन गर्दै आएको गुगलले किशोरकिशोरीमाझ पकड बढाउँदै गएको देखिन्छ। सर्वेक्षणका अनुसार तीन वर्षअघि ७३ प्रतिशत अमेरिकी किशोरकिशोरीसँग स्मार्टफोन भएकोमा अहिले बढेर ९५ प्रतिशत पुगेको छ।

असर

अध्ययनले बढी आय हुने परिवारका किशोरकिशोरीले भन्दा कम आय हुने परिवारका किशोरकिशोरीले फेसबुकमा बढी समय बिताउन रुचाउने गरेको देखाएको छ। किशोरकिशोरीको जीवनमा सामाजिक सञ्जालको असरबारे चाहिँ सो अध्ययनले कुनै स्पष्ट नतिजा देखाएको छैन।

फेसबुकमा तपाईँले राखेका व्यक्तिगत विवरणहरूको प्रयोग तेस्रो पक्षले कसरी गरिरहेको छ?

३१ प्रतिशतले सामाजिक सञ्जालको सकारात्मक प्रभाव भएको बताएका छन् भने २४ प्रतिशतले नकारात्मक भएको जवाफ दिएका छन्। तर ४५ प्रतशितले सकारात्मक वा नकारात्मक कुनै प्रभाव नपार्ने बताएका छन्।

एक १५ वर्षीया किशोरीले भनिन्, “मेरो विचार सामाजिक सञ्जालका कारण तपाईँ एक्लोपन महसुस गर्न पाउनुहुन्न। तपाईँ आफ्नो उमेरका मान्छेसँग कुरा गर्न सक्नुहुन्छ।”

सोही उमेरका एक किशोरले भने, “सामाजिक सञ्जालका कारण वास्तविक जीवनमा सामाजिक बन्न झन् गाह्रो हुन्छ। सामाजिक सञ्जालका कारण तपाईँले व्यक्तिगत रूपमा मानिसहरूसँग भेटघाट गरिरहेको हुँदैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.