![]()
काठमाडौ,जेठ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि कमजोर प्रतिपक्षी दल बन्न पुगेको नेपाली कांग्रेस आन्तरिक एकतामार्फत कार्यकर्ता परिचालन तथा संगठन विस्तार अभियानमा जुटेको छ । निर्वाचन समीक्षा गर्न बसेको पार्टीको केन्द्रीय समिति बैठक र पदाधिकारी तथा शीर्ष तहस्तरीय छलफलबाट पार्टीको अवस्था कमजोर बन्दै गएको निष्कर्षसहित कांग्रेस संगठन र कार्यकर्ता परिचालन गरी शक्तिशाली पार्टी बनाउने अभियानमा जुटेको हो ।
सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीलाई पूर्णता दिएलगत्तै पदाधिकारीहरू जिम्मेवारीअनुसारको काममा परिचालित भएका छन् भने पार्टी तथा भ्रातृ संगठनका बैठक तथा भेलाहरूसमेत धमाधम हुन थालेका छन् । जिम्मेवारी पाएका नेताहरू आन्तरिक एकता र संगठन बलियो बनाउनका लागि भन्दै असन्तुष्ट भनिएका नेताहरूसँग र आफूनिकटका विज्ञ तथा बुद्धिजीवीहरूसँग समेत भेटघाटमा सक्रिय हुन थालेका छन् ।
उपसभापति बिमलेन्द्र निधिले उपसभापति नियुक्त भएबाट नै पार्टी संगठन सुधारसहित आन्तरिक एकताका लागि सक्रिय भएको दावी गरेका छन् ।


