Breaking News.... EverestOnlineKhabar
June 28, 2026

न्यायका लागि पार्टीभित्रै संघर्ष गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता खनालको घोषणा

Loading

काठमाडौ,जेठ ।
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी वरियतामा अन्याय भएको भन्दै न्यायका लागि पार्टीभित्रै संघर्ष गर्ने उद्घोष गर्नुभएको छ । पार्टी एकतापछिको वरियतामा आफूलाई तल पारेर अन्याय गरेको भन्दै नेता खनालले आफु अन्याय नसहने समेत चेतावनी दिए । पत्रकारहरुसंगको प्रतिक्रियामा उनले भनेः‘पार्टी वरियतामा अन्याय भएको छ। यस अन्यायका विरुद्धमा पार्टीभित्र भिन्न मत राखेको छु म पाटी भित्रनै संघर्ष गर्दछु, न्याय पाउनका लागि आफ्नो लडाइलाई जारी राख्दछु तर बाहिर भन्ने कुरा म गर्दिन । पार्टीलाई एकजुट बलियो र दह्रो बनाउने कुरमा मेरो योगदान रहने छ।’
वरिष्ठ नेता खनालले कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै लगातार कम्युनिष्ट पार्टीहरूको एकताका लागि संघर्ष गरिराखेका कारण इतिहासलाई कसैले तलमाथि पार्नुपर्ने अवस्था नरहेको र खुला किताब जस्तै रहेको समेत स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.