Breaking News.... EverestOnlineKhabar
August 11, 2026

पोर्टोरिकोमा आँधीमा परी चार हजार ६०० जनाको मृत्यु

Loading

एजेन्सी । पोर्टोरिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तीमा चार हजार ६०० जनाको मृत्यु भएको हुनसक्ने अमेरिकी अनुसन्धानकर्ताहरूको एक समूहले जनाएको छ।

यो तथ्याङ्क त्यहाँको सरकारी स्रोतले दिएको आँकडाभन्दा करिब ७० गुणा बढी भएको समूहले जनाएको छ। सरकारले एक वर्षअघि आएको आँधीमा ६४ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।

विज्ञहरूले आँधीका कारण हराएका नागरिकको वास्तविक सङ्ख्या गणना गर्न जटिल भएको बताएका छन्। सरकारी तथ्याङ्कपछि एक स्वतन्त्र अनुसन्धानले उक्त प्रलयकारी प्राकृतिक विपदमा झण्डै एक हजार व्यक्तिले ज्यान गुमाएको हुनसक्ने बताएको थियो।

पछिल्लो अनुसन्धानमा संलग्न हार्बर्ड विश्वविद्यालयका अनुसन्धान अधिकारीले सन् २०१७ को सेप्टेम्बर २० देखि डिसेम्बर ३१ सम्ममा चार हजार ६४५ जनाले ज्यान गुमाएको बताइएको छ।

करिब ३४ लाख जनसंख्या भएको पोर्टोरिको एटलान्टिक महासागर अवस्थित पुरानो टापु राष्ट्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed