Breaking News.... EverestOnlineKhabar
October 3, 2026

पपुवा न्युगिनीमा १ महिनाका लागि फेसबुक प्रयोगमा प्रतिबन्ध

Loading

एजेन्सी,जेठ ।
पपुवा न्युगिनीमा १ महिनाका लागि फेसबुक प्रयोगमा प्रतिबन्ध लगाइने भएको छ। धेरै संख्यामा‘फेक प्रोफाइल’हरु भेट्टिएको र देशभर वेवसाइटको नकारात्मक असर परेको भन्दै सो घोषणा गर्न लागिएको पपुवा न्यगिनीका सञ्चार मन्त्री साम बसिलले बताए।
फेसबुकमा प्रयोगकर्ताहरुले यौनजन्य सामाग्राी तथा गलत सुचनाहरु पोष्ट गर्ने क्रम बढेकोले यस्तो कदम चालिएको उनले प्रस्ट पारे। सञ्चार मन्त्री बसिलले सरकारले आफ्नो छुट्टै सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने समेत तयारी गरेको जानकारी दिए।
बेलायतको राजनीतिक परामर्शदातृ संस्था क्याम्ब्रिज एनलाइटिकासँग मिलेर प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण अवैधानिक तवरबाट प्रयोग गरिएको भन्दै फेसबुकको आलोचना हुँदै आएको छ।‘फेक न्युज’लाई नियमन गर्न पनि फेसबुक कमजोर देखिएको बताइन्छ।
एक महिनाको अवधिमा कति जनाले र कसरी फेसबुकको प्रयोग हुँदै आएको तथा सन् २०१६ मा ल्याइएको ‘साइवर क्राइम कानुन’को प्रभावलाई अध्ययन र विश्लेषण गरिने छ। पपुवा न्युगिनीका १० प्रतिशत जनता मात्रै फेसबुकको पहुँचमा रहे पनि सरकारले भने देशभर नै इन्टरनेट सेवालाई उपलब्ध गराइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed