Breaking News.... EverestOnlineKhabar
June 28, 2026

लर्ड्समा वेस्ट इन्डिजविरुद्ध खेल्न सन्दीप आज इङ्ल्यान्ड जाँदै

Loading

काठमाडौ,जेठ ।
नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने क्रिकेटको मक्का मानिने लर्ड्समा टि–ट्वान्टी विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलका लागि आज इङ्ल्यान्ड जाँदैछन्। आईपिएलको डेब्यू खेलमै विकेट लिएर सबैको मन जितेका नेपाली युवा स्पिनर लामिछानेलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्व ११ टिममा सामवेश गरेको थियो। आगामी मे ३१ तारिखमा हुने खेलमा १७ वर्षीय सन्दीपसँगै विश्व ११ टिममा अफगानिस्तानका रसिद खान, पाकिस्तानका साहिद अफ्रिदीजस्ता होनाहार बलर छन्।
इयान मोर्गन कप्तान रहेको खेलमा तमिम एकबाल, लुक रोची, दिनेश कार्तिक, मिचेल म्याक्लिघन, सोएब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा टिममा छन्। सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि आईसिसी–११ टोलीमा सन्दीपलाई समावेश गरिएको थियो।
वेस्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्रे रसेल जस्ता स्टार खेलाडी हुनेछन्। वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोगका लागि च्यारीटि खेल हुन लागेको हो।
क्यारेबियन क्षेत्रमा आँधिका कारण भत्किएका रंगशालाको संरचना पूनर्निर्माणका लागि आईसिसीले च्यारिटी खेलको आयोजना गर्न लागेको हो। आईपिएलमा लिग चरणको आफ्नो १२ ‍‍औं खेलमा दिल्ली डेयरडेभिल्सले सन्दीपलाई खेलाएको थियो, रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध। उनले पहिलो खेलमा चार ओभर बलिङ गर्दै एक विकेट लिएर २५ रन खर्चिएका थिए।
उनले दोस्रो खेलमा चेन्नई सुपर किङ्सविरुद्ध चार ओभरमा २१ रन खर्चिएर एक विकेट हात पारेका थिए। तेस्रो खेलमा सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध चार ओभरमा ३६ रन खर्चिएर ३ विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.