Breaking News.... EverestOnlineKhabar
August 11, 2026

जापानमा नेपाली बक्सर अबिरलको शानःआठौ भिडन्तमा कोरियन बक्सरमाथी ऐतिहासिक जित

Loading

नागोया,जेठ ।
नेपालका किक बक्सर अबिरल घिमिरेले आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै दक्षिण कोरियाका व्यवसायिक बक्सरलाई जापानमा पराजित गरेका छन् । आफ्नो खेल जिवनको यसअघिका ७ वटा प्रतिष्पर्धामा अपराजित रेकर्ड बनाएका अबिरलले आठौ प्रतिष्पर्धामा दक्षिण कोरियाका व्यवसायिक बक्सरलाई पराजित गर्दै इतिहास रचेका हुन् । ६ वटा अर्ध व्यवसायिक र एक व्यवसायिक किक बक्सिङ खेलमा विजयी भईसकेका अर्को विजयी यात्रा तय गर्ने क्रममा जापानको नागोयामा भएको हिट ४२ गेममा दक्षिण कोरियाका ३३ बर्षिय व्यवसायिक किक बक्सर किम पान सुलाई सजिलै पराजित गरेका हुन् ।
व्यवसायिक बक्सरको रुपमा ख्याती कमाएका सुलाई तीन सेटको प्रतिष्पर्धामा तीनवटै सेटमा पराजित गर्दै खेल एकलौटी आफ्नो पक्षमा पारेर जित दर्ता गर्ने क्रममा अबिरलले ३ प्वाइन्ट पाउँदा सु को खातामा पनि शुन्य रह्यो । २३ वटा प्रोफेसनल किक बक्सिङमा १५ खेल जितेका अन्तराष्ट्रिय खेलाडी सुलाई पराजित गरेपछि प्रतिक्रिया दिँदै अबिरलले प्रशिक्षण अनि आफ्नो मेहेनत र साहसले विश्वासका साथ मैदानमा उत्रिता जीत हात परेको बताए ।
उनले भनेः‘ मेरो अहिले खास उमेर अर्ध व्यवसायीक खेल खेल्ने हो तर मैले आफैले आँटेर अनि गुरुहरुको हौसलाले अघि बढिरहँदा सफलता पाएको हुँ । यसमा जापानमा रहेका नेपालीहरुले गर्नुभएको सहयोग र शुभकामना मेरा लागि आर्शिवाद बन्दै आएको छ ।’
सन् २०१८ को आठौ महिनामा एक अर्को प्रतिष्पर्धासहित कोरियामै गएर प्रतिष्पर्धा गर्ने सम्भावना रहेको भन्दै अबिरलका प्रशिक्षक समेत रहेका बुवा देव घिमिरेले त्यसको टुङ्गो भने लागि नसकेको जानकारी दिनुभयो । जापानमा हुने किक बक्सिङ प्रतियोगिताहरुमा विदेशी खेलाडी माझ हिमालयन चितुवाको रुपमा परिचित बन्दै गएका अबिरलको लगातारको विजयी यात्रा र मेहनतले जापानमा नेपाल र नेपालीको नाम उचो बनाउने कामसंगै नेपाललाई फरक शैलीको परिचय दिने काम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed