Breaking News.... EverestOnlineKhabar
August 11, 2026

जनकपुरबासीलाई‘भारतीय’ भनेपछि विवादमा तानिएकी भारतीय विदेशमन्त्री स्वराजले माफी मागिन्

Loading

काठमाडौ,जेठ ।
जनकपुरबासीलाई भारतीय भनेर विवादास्पद अभिव्यक्ति दिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागेकी छन् । उनले आफूबाट गल्ती भएको भन्दै ट्विटरमार्फत् माफी मागेकी हुन् । नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई उनले भारतीयलाई सम्बोधन गरेको अभिव्यत्तिः दिएकी थिइन्।
उनले आफ्नो सम्बोधनको भिडियोसमेत राख्दै लेखेकी छन्ः‘मेरो तर्फबाट यसमा गल्ती भयो । म इमान्दारीका साथ यसमा माफी चाहान्छु ।’ भारतीय विदेश मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा स्वराजले नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुनुहुन्छ, जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौंलाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सीधै जोड्ने काम गर्नुभएको छ,भनेकी थिइन् ।
भारतीय प्रधानमन्त्री मोदीले गत वैशाख अन्तिम साता नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गर्दै नागरिक अभिनन्दनका क्रममा रंगभूमि मैदानमा सम्बोधन गरेका थिए । सो सम्बोधनको आयोजना प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले गरेको थियो भने प्रदेश २ का विभिन्न जिल्लाबाट सर्वसाधारणलाई सहभागी गराइएको थियो ।
उनले जनकपुरको मैदानबाट मोदीले भारतीय समुदायलाई सम्बोधन गरेको भनेर के इंगित गर्न खोजिन् ? यो प्रष्ट भएको छैन । जनकपुरमा प्रवासी भारतीयको संख्या नगन्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed