Breaking News.... EverestOnlineKhabar
June 27, 2026

राष्ट्रिय क्रिकेट टिमका उपकप्तान मल्ल पेमेन्ट गेटवे संस्था इसेवाको ब्राण्ड एम्बेस्डर नियुक्त

Loading

काठमाडौं  । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल पेमेन्ट गेटवे संस्था इसेवाको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन्। इसेवाको मूल संस्था एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र उपकप्तान मल्लले सोमबार  सम्झौता पत्रमा हस्तक्षर गरे।

इसेवाले ज्ञानेन्द्रलाई एक वर्षका लागि ब्राण्ड एम्बेस्डर नियुक्त गरेको जनाएको छ। तर इसेवाले एम्बेस्डर भएबापत मल्लले पाउने रकम खुलाउन चाहेन। इम्बेस्डर भएबापत मल्लले अब आफ्नो ब्याटमा इसेवाको स्टिकर टाँस्नेछन् र त्यहि ब्याटले प्रतियोगियोगितामा ब्याटिङ गर्नेछन्।

एम्बेस्डरमा नियुक्त भएपछि मल्लले हौसला बढैको बताए। साथै अन्य अन्य कम्पनी समक्ष पनि सकारात्मक सन्देश जाने बताए। यसअघि इसेवाले प्रदीप ऐरी, अभिनास कर्ण र मेहबुब आलामलाई पनि प्रायोजन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.