![]()
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री अर्जुननरसिंह केसीले शिबपुरी गाउँ पालिका वडा नम्बर ५ स्थित महाकाली महिला चेतना तथा उद्यमशिल संस्थाको उद्घाटन गर्नुभएको छ ।
संस्थाको उद्घाटन गर्दै नेता केसीले ग्रामीणमुखी अर्थतन्त्रबाट मुलुकको विकास सम्भव भएको धारणा राख्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र बलियो बनाउन महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिला सशक्तिकरण, महिला स्वाबलम्बन र महिला उद्यमशिलतामा अझै जोड दिनुपर्ने बताउनुभयो ।
मुलुकमा महिला तथा बालबालिका मन्त्रालय, कृषी तथा सहकारी, उद्योग लगायतका मन्त्रालय भएपनि महिलाहरुको सीप, क्षमता प्रवद्र्यनमा खासै काम हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा समाजसेवी कोषराज खतिवडाले संस्था स्थापनार्थ ४ आना जग्गा निःशुल्क प्रदान गरेको घोषणा गर्नुभयो ।


कार्यक्रममा कांग्रेस नेता एवम नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनर सिंह केसी, शिवपुरी गाउँ पालिका अध्यक्ष रामकृष्ण थापा, चिकित्सक डा. केदार नरसिंह लगायतले गाउँपालिकाको विकास, स्थानीय आवश्यकता र भावी रणनीतिबारे आ–आफनो धारणा राख्नु भएको थियो ।


