Breaking News.... EverestOnlineKhabar
June 29, 2026

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश नम्बर सातको विजयी सुरुवात, प्रदेश ६ पराजित

Loading

काठमाडौं ।  काठमाडौंमा सुरु भएको प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश नम्बर सातले विजयी सुरुवात गरेको छ । प्रदेश नम्बर छ लाई ४८ रनले पराजित गर्दै प्रदेश सातले विजयी सुरुवात गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा १२६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ६ ले २२.२ ओभरमा अलआउट हुँदै ७७ रनमात्रै बनाउन सक्यो । प्रदेश ६ का लागि रविन्द्र शाहीले २९ र दिवन पुनले १३ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
प्रदेश ६ लाई सस्तैमा समेट्ने क्रममा प्रदेश सातका शेर मल्लले ५ विकेट लिए । उनले ७.२ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ ओभर मेडन राख्दै ५ विकेट लिएका हुन् । त्यस्तै, सन्तोष भट्ट र विनोद लामाले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर सातले ३१.३ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्रै बनाएको थियो । प्रदेश सातका लागि सञ्जु दमाईले अर्धशतक बनाउँदै ५४ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेका थिएनन् । त्यस्तै, सुरेन्द्र चन्दले २५ रन बनाएका थिए ।

बलिङतर्फ प्रदेश छ का टेक सलामीले ५ विकेट लिए । उनले उत्कृष्ट बलिङ गर्दै ८.३ ओभर बलिङ गर्दै १२ रन खर्चेर ५ विकेट लिएका थिए । त्यस्तै, दिनेश पुनले २ विकेट लिएका थिए ।

प्रधानमन्त्री कपको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.