Breaking News.... EverestOnlineKhabar
June 28, 2026

दरबारमार्ग बलात्कार काण्डका ३ जनाविरुद्ध डिफ्यूजन नोटिस

Loading

काठमाडौँ । दरबारमार्गको होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार काण्डका फरार ३ जना प्रतिवादीविरुद्ध अन्तर्राष्ट्रि प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ ।

प्रकरणमा संलग्न प्रतिवादीहरु विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेलको नाममा डिफ्यूजन नोटिस जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको हो । उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो ।

प्रकरणका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी शैलेश कार्कीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश अदालतको आदेशपपिछ उनलाई बुधबार केन्द्रीय कारागार, सुन्धारामा पठाइएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधिश भिष्मराज प्रसाईँको एकल इजालसले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.