Breaking News.... EverestOnlineKhabar
August 12, 2026

नेयमारको स्वास्थ्यमा सोचे भन्दा राम्रो सुधार, बिश्वकपका लागि तयार हुँदै

Loading

एजेन्सी । चोटग्रस्त ब्राजिलियन फरवार्ड नेइमार दिनप्रति दिन फिट हुँदै गएको ब्राजिलियन राष्ट्रिय टिमले जनाएको छ । नेइमार हरेक दिन प्रशिक्षणमा रहेको र उनको प्रगति आश गरिए भन्दा राम्रो देखिएको ब्राजिलको राष्ट्रिय टिमका फिजिकल ट्रेनरले बताएका छन् ।

२६ वर्षे स्ट्राइकर नेइमार  फेब्रुअरी २५ मा चोटग्रस्त भएपछि मैदान बाहिर छन् । उनको खुट्टाको हड्डी भाँच्चिएर शल्यक्रिया गर्नु परेको थियो ।  उनी आउँदो जुन १४ देखि सुरु हुने ब्राजिलको टिममा परेका छन् । ब्राजिलको राष्ट्रिय टिमका फिजिकल ट्रेनर फाबिओ माहसेरेड्जिएनले भने, ‘नेइमारमा आश गरिए भन्दा राम्रो प्रगति देखिएको छ ।’

ब्राजिलले विश्वकपको पहिलो खेलमा जुन १७ मा स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिलियन टिमका डाक्टर रोड्रिगो लास्मार (जसले गएको मार्चमा नेइमारको शल्यक्रिया गरेका थिए) का अनुसार नेइमारले आफ्नो पुरानो लय समात्दै गएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed