Breaking News.... EverestOnlineKhabar
July 8, 2026

हेटौंडामा हुने कांग्रेस जिल्ला सभापतिहरुको भेलाको तयारी तीव्र, प्रदेश ३ ले आफना एजेण्डा टुंग्यायो

Loading

नुवाकोट । नेपाली कांग्रेसका जिल्ला सभापतिको भेला असार ५ देखि ७ गतेसम्म हेटौंडामा हुँदैछ । भेलाको तयारी तीव्ररुपमा भैरहेको छ भने जिल्ला सभापतिहरुले पनि आफनो तयारी जोडतोडले थालेका छन ।

भेलामा उठाउने एजेण्डाका बिषयमा जिल्ला सभापतिहरुले प्रदेशस्तरीय छलफललाई तीव्र बनाएका छन । नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदिशनरसिंह केसीले आफूले पार्टीमा ब्यापक छलफल गरी प्रदेश ३ का तर्फबाट एजेण्डा तयार पारिसकेको बताए ।

उनले रिक्त रहेका नेपाली कांग्रेसका पदहरु निर्वाचनमार्फत परिपूर्ती गर्नूपर्ने, संघीय ढाँचामा बिधान संशोधन गर्नुपर्ने, बिधान संशोधन गरी तत्काल लागु गर्नुपर्ने लगायतका सुझाव आफूले सम्मेलनमा उठाउने जानकारी दिए । जिल्ला सभापतिको राष्ट्रिय सम्मेलनले महासमितिलाई सुझाव दिने भएकाले आफूहरुका सुझाव महत्वपूर्ण हुने उनले बताए ।

सभापति केसीले स्थानीय निर्वाचन, प्रादेशिक र राष्ट्रिय निर्वाचनको परिणामको जिम्मेवारी केन्द्रीय नेतृत्वले लिन नचाहेकाले जिल्ला सभापतिहरुले आफै यसको दायित्व र जिम्मेवारी बोध गर्दै पार्टी भित्रका गुटउपगुटको अन्त्य गर्दै नेपाली कांग्रेसको बिचार र बिधानलाई आधार बनाएर सशक्त भइ संगठन निर्माणमा लाग्न पनि आफूले सुझाव दिने बताए ।  उनी भन्छन–‘ गर्नुपर्ने यही हो, यस्तै गर्ने हो । ’

यस्तै, केन्द्रीय सदस्यहरु स्वतः महासमितिको सदस्य निर्वाचित भइ आउनुपर्ने, संसदीय समिति, कार्य सम्पादन समिति महाधिवेशनका बेला निर्वाचित हुनुपर्ने लगायतका बिषयमा पनि आफूले आवाज उठाउने केसीले बताए । प्रदेशको बिधान संशोधनका लागि ५ सदस्यीय टोली समेत गठन गरिएको केसीले जानकारी दिनुभयो । समितिमा नुवाकोटबाट जगदिशनरसिंह केसी, काभ्रेबाट मधु आचार्य, धादिङबाट रमेश धमला, सिन्धुलीबाट उज्वला बराल र दोलखाबाट रुद्र खड्का रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.