Breaking News.... EverestOnlineKhabar
July 8, 2026

संसदमा कड्किए देउवा : ‘ओलीले राष्ट्रियताको पाठ पढाउन जरुरी छैन’

Loading

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी कुरा गरेर महत्वपूर्ण समय खेर फालिरहेको आरोप लगाएका छन ।

संसदमा बुधबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताले चाहेको समृद्धि र विकासको लक्ष्य पूरा गर्ने खालका नभइ योजनाको पुलिन्दा मात्र भएको टिप्पणी गरे । उनले भने, ‘ नीति ततथा कार्यक्रममा कुनै नयाँ पन छैन । समय अनुकुल हुँदा हुँदै पनि सरकारले देशको समृद्धि र विकासको खाका ल्याउन सकेन । सरकारले राम्रो अवसर गुमाएको छ ।’

महत्वपूर्ण समय खेर फाल्नमा सरकार लागेको आरोप लगाउँदै देउवाले नीति तथा कार्यक्रममा संघीयता कार्यान्वयका लागि स्पष्ट धारणा नआएको बताए । यस्तै नीति तथा कार्यक्रमले राजनीतिक आन्दोलनका उपलब्धीलाई नजरअन्दाज गरिएको उनले बताए ।

यस्तै देउवाले ओलीले भन्ने गरेको राष्ट्रवादको कुराप्रति लक्षित गर्दै राष्ट्रियताको पाठ पढाउन आवश्यक नै नरहेको बताए । उनले भने, ‘हिमाल, पहाड, तराई वा मधेस जहाँका बासिन्दा पनि राष्ट्रियताप्रति सजग छन् । कसैलाई राष्ट्रियता र राष्ट्रवादको पाठ पढाउन आवश्यक छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.