![]()
एजेन्सी । विश्वकप फुटबलमा इंग्ल्याण्डको कप्तानी ह्यारी केनले गर्ने भएका छन् । म्यानेजर ग्यारेथ साउथगेटले इंग्ल्याण्डको कप्तान ह्यारी भएको घोषणा गरेका हुन ।
२४ वर्षीय ह्यारी केनले लाष्ट सिजनमा टोटनह्यामबाट सबै खेलमा ४१ गोल गरेका थिए । उनको महत्वपूर्ण योगदानको कारण टोटनह्याम प्रिमियर लिगको तेस्रो स्थानमा रहेको थियो ।
ह्यारी केनले इंग्ल्याण्डबाट २३ खेल खेल्दै १२ गोल गरिसकेका छन् । म्यानेजर साउथगेटले ह्यारीमा केही उत्कृष्ट खेलाडीमा हुनुपर्ने गुण रहेको बताए ।


