![]()
काठमाडौं । पहिलो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको म्याराथन जेठ २० गते हुने जानकारी गराएको हो ।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा हुने म्याराथन ४२।१९५ किमिको हुनेछ । म्याराथन अन्नपूर्ण आधारशिविरबाट सुरु भई माछापुच्छ्रे आधारशिविर,वगर, देउराली,हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ,टाढापानी हुँदै घान्द्रुक आएर सकिने छ ।
४२ सय मिटर उचाईबाट १६ सय उचाईमा समापन हुने म्याराथनको विजेताले १ लाख पुरस्कार पाउने छन् । त्यस्तै दोस्रोले ७०, तेस्रोले ५० र सान्त्वना पुरस्कारस्वरूप सात जनाले समान ८ – ८ हजार प्राप्त गर्ने छन् ।


