Breaking News.... EverestOnlineKhabar
June 28, 2026

आईपीएलःप्ले अफमा पुग्ने चार टोलीको टुङ्गो,राजस्थान पनि प्ले अफमा

Loading

एजेन्सी,जेठ ।
इण्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनको अन्तिम लिग खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पञ्जावलाई ५ विकेटले हराएको छ । पुणेमा आइतबार बेलुका भएको खेलमा हारेपछि पञ्जावको प्ले अफमा पुग्ने सम्भावना समाप्त भयो । जितसँगै राजस्थान रोयल्सले स्थान पक्का गर्न सफल भयो ।
पञ्जावले प्रस्तुत गरेको १५४ रनको लक्ष्य चेन्नईले १९ ओभर १ बलमा पाँच विकेटको क्षतिमा भेट्टायो । उसका लागि सुरेश रैनाले नटआउट ६१, डिएल चाहरले ३९, हरभजन सिंहले १९ तथा कप्तान महेन्द्र सिंह धोनीले नटआउट १६ रन बनाए । त्यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जावले १९ ओभर चार बलमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । उसका लागि कके नायरले ५४, मनोज तिवारीले ३५ तथा डेविड मिलरले २४ रनको योगदान दिए ।
यो खेलसँगै प्ले अफमा स्थान बनाउने चार शीर्ष टिमको पनि टुंगो लागेको छ । आईपीएलको ११ औँ संस्करणमा प्ले अफमा स्थान बनाउने टिममा सनराइजर्स हैदरावाद, चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स रहेका छन् । शुरुका तीन टिमको नाम शनिबार नै तय भएको थियो । तर चौथो टिमका लागि राजस्थान रोयल्स, मुम्बई इन्डियन्स र किंग्स इलाभेन पञ्जावले संघर्ष गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.