Breaking News.... EverestOnlineKhabar
June 28, 2026

यस्तो तयारी गर्दैछ विप्लव नेतृत्वको नेकपा,सरकारलाई चुनौती थपिदै…

Loading

काठमाडौ,जेठ ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट असन्तुष्ट हुँदै ८ मंसिर, ०७१ मा नेत्रविक्रम चन्द विप्लव अलग भएका थिए । उनीनिकट कार्यकर्ताको ११–१४ मंसिरसम्म चितवनमा भएको राष्ट्रिय भेलाले नेकपा माओवादी गठन ग¥यो । १ फागुन, ०७३ मा रोल्पामा भएको सातौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी गठन भयो । नेकपाले स्थानीय तह, प्रदेश, प्रतिनिधिसभा निर्वाचन बहिष्कार ग¥यो ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई मुद्दा बनाई आन्दोलन अघि बढिरहेको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माको भनाई छ । संगठनलाई व्यवस्थित बनाउँदै भ्रष्टाचार र तस्करलाई समाजबाट बहिष्कार गर्ने तयारी भइरहेको उनको दावी छ । मुद्दा मिल्ने पार्टीसँग सहकार्य एकता गर्दै जाने पार्टीको नीति भएको र आफुहरु क्रान्तिकामे तयारीमा रहेको विश्वकर्माको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.