Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौ,जेठ ।
छिमेकी मुलुक भारत सन् १९५० को सन्धि पुनरावलोकन गर्न सहमत भएको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भारत १९५० को सन्धि फेर्न सहमत भएको खुलासा गरेका हुन् । एमाले माओवादी पुनर्गठनपछि पहिलोपटक बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत सन् १९५० को सन्धि पुनरावलोकन गर्न तयार रहेको बताएका हुन् ।
नेपाल र भारतको सम्बन्ध बराबरीमा आधारित हुने भन्दै उनले असमान सबैखाले सन्धि फेरिने बताए ।

सांसदहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विराटनगरमा भारतीय दूतावासले राखेको फिल्ड अफिस पनि छिट्टै हटने जानकारी गराए । बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता विश्वकै असाधारण घटना भएको बताए । दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको उनको भनाइ छ । विगतको भन्दा जनताको विकास प्रतिको चाहनालाई ध्यानमा राखी सरकारको नीति तथा कार्यक्रम र बजेट आउने बताउदै प्रचण्डले नयाँ सरकारको अनुभूति दिइने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.