![]()
काठमाडौं । कान्तिपुर रनर हाफ म्याराथनको उपाधि हरि रिमाल र कान्छीमाया कोजुले जितेका छन् । सातौं संस्करणको हाफ म्याराथनमा हरिले पुरुषतर्फ र कान्छीमायाले महिलातर्फको उपाधि जितेकी हुन् ।
त्रिभुवन आर्मी क्लबका हरिले निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट २ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै हरिले रनर काइट प्लस स्कुटरसहित ५० हजार पुरस्कार प्राप्त गरे । हरिले गत बर्ष पनि कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका थिए ।
महिलातर्फको उपाधि जित्ने क्रममा एपीएफ क्लबकी कान्छीमायाले निर्धा्रित दुरी १ घण्टा २१ मिनेट २८ सेकेन्डमा पुरा गरिन् । साविकको विजेता समेत रहेकी कान्छीमायाले उपाधिसँगै रनर काइट प्लस स्कुटरसहित ५० हजार पुरस्कार पाइन् ।
हाफ म्याराथन थापाथलीस्थित कान्तिपुर पब्लिकेशनबाट सुरु भई माइतीघर, बबरमहल, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर,जडीबुटी, गट्ठाघर, सानोठिमी हुँदै सल्लाघारी चोक पुगेर फर्कने छ । सल्लाहघारीबाट थिमी, गट्ठाघर, कोटेश्वर, तिनकुने, बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर हुँदै कान्तिपुर पब्लिकेशन आएर सकिएको थियो ।


