Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सन्दीप लामिछाने भए स्टाइलिस प्लेयर अफ दि म्याच, पाए भारु १ लाख

Loading

एजेन्सी । सन्दीप लामिछानेले  इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा आफ्नो प्रभाव पार्न भने कुनै कसर बाँकी राखेका छैनन् । शुक्रबार राति दोस्रो खेल खेलका सन्दीपले यो खेलमा पनि विकेट लिए । यसअघिको आइपिएल डेब्यु खेलमा पनि उनले एक विकेट लिएका थिए । सन्दीपले शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किंग्सका सुरेश रैनलाई आउट गरेका हुन् ।

चार ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चेर एक विकेट लिए । आफ्नो पहिलो खेलमा उनले चार ओभरमा २५ रन खर्चेर एक विकेट लिएका थिए । आइपिएलमा सन्दीपले पहिलो खेल रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेलेका थिए ।

सन्दीपको टिम दिल्ली डियरडेभिल्सले शुक्रबार राति भएको खेलमा चेन्नईलाई ३४ रनले हरायो । एक विकेट लिएका सन्दीप स्टाइलिस प्लेयर अफ दि म्याच भए । उनले त्यसबापत एक लाख भारु पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.