Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नवगठित नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समावेशी नभएको भन्दै आलोचना….

Loading

काठमाडौ,जेठ ।
मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमाले र तेस्रो ठूलो माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समावेशी नभएको भन्दै पार्टीभित्रै असन्तुष्टि सुरु भएको छ । सचिवालयमा महिला, मधेसी तथा दलितको प्रतिनिधित्व शून्य छ।
पार्टी सञ्चालनका लागि ९ सदस्यीय सचिवालय गठन गरिएको छ। जसमा अध्यक्षद्धय केपी शर्मा ओली, प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन्। सो सचिवालयमा एक जना पनि महिला छैनन्। त्यस्तै, मधेस तथा पिछडिएको क्षेत्रको उपस्थिति पनि छैन। जसमा पार्टीभित्रकै नेताहरुले समेत प्रश्न उठाएका छन्।
राजनीतिक विश्लेषक चन्द्रकिशोर पनि दुई दल एकीकरण हुनु सुखद भए पनि सचिवालय असमावेशी हुनु दुःखद संकेत भएको टिप्पणी गर्छन् । उनले भनेः‘कम्युनिस्ट एकताका केही शुभसंकेत पनि छन्, तर, जुन समिति र संयन्त्रहरु बने, त्यसमा समावेशी भएन। यसले उनीहरुले परिवर्तनलाई कसरी अगाडि बढाउँछन् भनेर सुरुमै आशंका उत्पन्न भएको छ।’
नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटि ४५ सदस्यीय बनाउने तयारी छ। जसमा नामहरुको टुंगो लाग्न बाँकी छ। सो समिति गठनमा भने समावेशीलाई आधार बनाइने नवगठित पार्टीका नेताहरुको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.