Breaking News.... EverestOnlineKhabar
June 28, 2026

दुई वाम दल एकतापछि कांग्रेसको विश्लेषणः‘आन्तरिक राजनीतिमा ठूलो हेरफेर’

Loading

काठमाडौ,जेठ ।
एमाले र माओवादी मिल्दा कांग्रेसको एउटा पंक्तिले आन्तरिक राजनीतिमा ठूलो फेरबदल आउने अपेक्षा गरेको छ । कांग्रेसमा रुपान्तरणको पक्षमा मत राख्दै आएका एक नेताले भनेः‘ठूलो पंक्तिलाई अहिले जे भइरहेको छ, त्यतिको भरमा जित्न सकिँदैन भन्ने भाव आउँछ र यसले पार्टीमा ठूलो परिर्वतन ल्याउँछ ।’
किनभने पार्टी सभापति देउवाले अहिलेसम्म एमाले र माओवादी मिल्दैनन्, मिल्न सक्दैनन् भन्दै आएका थिए । यसले कुनै पनि कांग्रेस माओवादीको सरकार बन्न सक्छ, देउवा प्रधानमन्त्री हुनसक्छन् भन्ने देखाउँथ्यो र देउवा बलियो भइरहन्थे । तर, बिहीबार दुई पार्टीको एकता घोषणा भएसँगै अब ५ वर्षका लागि सरकारको ढोका बन्द मात्र भएको छैन, यथास्थितिमा ५ वर्षपछि हुने आम चुनावमा कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्न सकिन्न भन्ने मत बलियो हुनेछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेः‘कम्युनिष्टहरु विभाजित छन्, जनमत पनि विभाजित छ । त्यसको बीचबाट हामी आइरहेका छौं, यसरी नै चल्छ भन्ने मनोविज्ञानबाट कांग्रेस मुक्त भएको छ । अब कांग्रेसले रुपान्तरणको यात्रा तय गर्दै कम्युनिष्टहरुको एकताकै बीचमा आफू विजयी हुनुहुन्छ भन्ने दबाव बढ्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.