Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय ९ सदस्यीय, श्रेष्ठलाई प्रबक्ता र पौडेललाई महासचिवको जिम्म्वारी

Loading

काठमाडौँ ।  नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बन्ने संयुक्त पार्टी नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यीय सचिवालय बन्ने भएको छ ।

बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत सार्वजनिक गरे अनुसार सचिवालयमा केपी ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहने छन् ।

श्रेष्ठलाई प्रबक्ता र पौडेललाई महासचिवको जिम्म्वारी दिइएको पनि त्यसमा उल्लेख छ । उनले ४५ जनाको स्थायी समिति बन्ने पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.