![]()
नयाँदिल्ली,जेठ ।
चर्चित बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ । उनी विगत केही समयदेखि पिठ्युको दुःखाईबाट ग्रसित छन् । मिथुन एक वर्षसम्म ऊटीस्थित आफ्नो निवासमा बिरामसँग संघर्ष गरिरहेका थिए ।
उनलाई केही समय अघि उपचारका लागि लस एञ्जलसपनि लगिएको थियो । अभिनेता मिथुनले अस्वस्थ्य भएका कारण राज्यसभाबाट राजीनामा दिइसकेका छन् । सन् २००९ मा फिल्मको छायांकनका दौरान उनलाई गम्भीर चोट लागेको थियो । फिल्म‘लक’को छायांकनका दौरान स्टन्ट गर्दै गर्दा मिथुन घाइते भएका थिए ।


