Breaking News.... EverestOnlineKhabar
October 3, 2026

सरकारको आँखा नपुगेको दलित छात्राबासमा पुगे नेबिसंघका उपाध्यक्ष शाही

Loading

काठमाडौ,जेठ ।
काठमाडौ महानगरपालिका वडा नं.१५ विजेश्वरीमा रहेको एक दलित छात्राबासमा धेरै पहिलेदेखि विभिन्न पिछडिएका जिल्लाबाट बिपन्न दलित करिब १०० जनाभन्दा बढी विद्यार्थीहरु बस्दै आएका छन् । तर,उक्त छात्राबासमा आजसम्म न सरकारको ध्यान गएको छ नत कुनै तह तप्का र संघसंस्थाको नै । उक्त छनत्राबासमा बस्ने बिपन्न दलित विद्यार्थीहरु निकै समस्या र अभावमा बस्दै आएका छन् । अरु सुविधा त परै जाओस खानेपानीको समेत व्यवस्था छैन् उक्त छात्राबासमा । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त बनेको उक्त छात्राबासको अझै पुननिर्माण हुन सकेको छैन् न त अहिलेसम्म पुनर्निमाण गर्न कसैको ध्यान गएको छ । उक्त छात्राबासमा बस्दै आएका विद्यार्थीहरुले शुद्ध खानेपानी समेत खान नपाएको दुखेसो पोखेका छन् । उनीहरुले अहिलेसम्म कोहि कसैबाट पनि आफुहरुलाई सहयोग नभएको गुनाशो गरेका छन् ।
समस्यै समस्याले ग्रस्त उक्त छात्राबासको समस्या बुझ्न नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही छात्राबास पुगे । विद्यार्थीहरुको समस्या सुने पछि उपाध्यक्ष शाहीले छात्राबासमा भएका समस्या समाधानको लागि आफुले सक्दो सहयोग गर्ने र समस्या समाधानका लागि सम्बन्धित निकायलाई दवाव दिने आश्वासन दिनुभयो । उक्त छात्राबासका विपन्न दलित विद्यार्थीहरुका समस्या समाधानको लागि जसरी पनि जताबाट भएपनि पनि लागिपर्ने उपाध्यक्ष शाहीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed