Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ल हेर्नुहोस चीनले बनायो समुद्रमा बिश्वकै लामो पुल, हङकङ पुग्न अब मकाउबाट एक घण्टा मात्र लाग्ने

Loading

एजेन्सी । चीनले समुद्रमा विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । ५५ किलोमिटर लामो ६ लेनको यो पुलले चीनलाई हङकङ र मकाउसंग जोडेको छ । ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुलमा चारवटा सुरूङ समेत छन् ।

एउटा सुरूङ पानी मुनिबाट बनाइएको छ । पुलबाट हङकङ पुग्न अब मकाउबाट एक घण्टा मात्र लाग्नेछ । यो पुलमा दैनिक ४ हजार सवारी साधन गुड्ने अनुमान गरिएको छ ।

पुल निर्माणमा प्रयोग गरिएको ४ लाख २० हजार टन स्टिलले ६० वटा आइफेल टावर बनाउन पुग्ने बताइन्छ । यो पुल निर्माणका लागि चार कृति आइसल्याण्ड समेत निर्माण गरिएको छ ।

यसको लागत २० विलियन डलर रहेको छ । पुल निर्माणका लागि सन् २००३ मा अध्ययन थालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed