Breaking News.... EverestOnlineKhabar
June 4, 2026

इराकमा  सम्पन्न आमचुनावमा विपक्षी शिया गठबन्धनलाई ठूलो सफलता

Loading

बीबीसी ।  इराकमा  सम्पन्न आमचुनावमा हैदर अल अबादीको विपक्षी शिया गठबन्धनले ठूलो सफलता हात पारेको आशिंक नतिजाहरुले देखाएका छन् । धेरैजसो मत गणना भैसक्दा धर्मगुरु मोक्तादा अद सद्र नेतृत्वको गठबन्धन र मिलिसिया नेताको अर्को गठबन्धनले अग्रता दिइएको छ ।

सदरका समर्थकहरुले विजयोत्सव मनाउन थालिसकेका छन् । सन् २००३ मा सद्धाम हुसेनको शासन अन्त्यसंगै सदर राजनीतिमा उदाएका हुन् । प्रधानमन्त्री अबादी सरकारको गठबन्धन तेस्रो स्थानमा संघर्ष गरिरहरको छ ।

गत वर्ष इस्लामिक अतिवादी समूह आईएसलाई पराजित गरेपछिको यो पहिलो चुनाव हो । १८ वटा प्रान्त रहेको इराकमा ३ सय २९ सीटका लागि करिब ७ हजार उम्मेदवार प्रतिस्पर्धामा थिए । चुनावमा ४४ दशमलब ५ प्रतिशत मत खसेको थियो जुन अघिल्लो चुनावको भन्दा पनि कम हो ।

धेरैजसो उम्मेदवार शिया र सुन्नी समुदायका छन् । शिया नेतृत्वको इराकी सरकारले आईएसलाई पराजित गरेको हो । तर पुनर्निर्माणमा भैरहेको ढिलाई, भ्रष्टाचार र कमजोर अर्थतन्त्रका कारण धेरै इराकी निराश छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट अलग्गिएको दुई दिनपछि नै इराकमा चुनाव भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed